मकवानपुरमा दैनिक काँग्रेस प्रवेश गर्नेकाे लर्काे

निरन्तर न्यूज
३० आश्विन २०७७, शुक्रबार १७:०६

हेटौंडा । मकवानपुरगढीमा विभिन्न पार्टी परित्याग गरी ९१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मकवानपुरगढी ६ नम्बर वडा इकाईले गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरूलाई नेपाली कांग्रेस जिल्ला सचिव बुद्ध लामाले स्वागत गरेका हुन् ।

कार्यक्रममा जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्य भीमसेन महत, अर्जुन दाहाल, नगरसभापति आनन्दराम पराजुली, नेताहरू यतिराज सापकोटा, लोक मोक्तान, विभिन्न वडाका निर्वाचित वडा अध्यक्ष, पार्टीका नेता तथा भातृ संगठनका पदाधिकारी लगायतकाे सहभागिता रहेको थियो ।

कार्यक्रम इकाई सभापति केदारनाथ चौलागाईंको अध्यक्षतामा भएको थियो ।

हिजाे र अस्ती मकवानपुरमा सामाजिक व्यक्तित्वहरुकाे अगुवाइमा सयाैँकाे संख्यामा नेपाली काँग्रेस प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*