शनिबार बिहान मकवानपुरमा १२० जना काेराेना संक्रमित थपिए

निरन्तर न्यूज
१ कार्तिक २०७७, शनिबार १०:५५

हेटौंडा । आज शनिबार  मकवानपुरमा १ सय २० जनामा कोरोना संक्रमित थपिएका छन् ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार ४९ महिला र ७१ पुरुषमा संक्रमण पुष्टी भएको हो ।

असोज २९ गते संकलन गरिएको स्वाबको हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको २१८ जनाको परीक्षणमा १२० जनामा कोरोना पुष्टि भएको चाैलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*