हेटाैँडामा सिन्दुर कस्मेटिककाे पसल सन्चालनमा

निरन्तर न्यूज
२ कार्तिक २०७७, आईतवार १२:०४

हेटाैँडा । हेटाैँडा उपमहानगरपालिका वार्ड नम्बर ४ कान्तिराजपथमा सिन्दुर कस्मेटिक एण्ड गिफ्ट पसलकाे शुभारम्भ गरिएकाे छ ।

महिलाहरुकाे श्रृगांर सामग्री, इनर वेयर तथा बच्चाहरुकाे खेलाैना सहित ढाकाकाे कपडाकाे हाेलसेल तथा खुद्रा विक्रि गर्न पसलकाे शुभारम्भ गरिएकाे संचालिका सलिना ढुंगेलले बताइन् ।

हेटाैँडमा कस्मेटिक्स तथा ढाकाबाट बनेकाे ड्रेसहरुकाे हाेलसेल तथा खुद्रा पसलकाे रुपमा चिनारी बनाउन पसल सन्चालनमा ल्याइएकाे संचालिका ढुंगेलले बताइन् ।

हिन्दुहरुकाे महान चाड बडा दशैँकाे अवसर पारेर ४० लाख रुपैयाकाे लागतमा कान्तिराजपथकाे बाबा भवनमा घटस्थापनाबाट पसल सन्चालनमा ल्याइएकाे संचालक धर्मराज पुडासैनीले जानकारी दिए । लेडिज तथा बच्चाकाे खेलाैना आइटमहरु सहित ढाकाकाे कपडा हाेलसेलमा बिक्रि गर्ने पसल हेटाैँडामा नै पहिलाे भएकाे दाबी सन्चालक पुडासैनीकाे दाबी रहेकाे छ ।

पुडासैनीले एक पटक पसल भिजिट गर्न समस्तमा अनुराेध गरेका छन् । ग्राहकले दिनु भएकाे सुझावकाे आधारमा पसललाई परिस्कृत गर्दै लैजाने उनले बताए । पसलमा आउने ग्राहकलाई सिन्दुर सहितकाे विभिन्न उपहार पनि वितरण गरिएकाे थियाे ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*