मउबा संघकाे बिपन्नलाई राहत वितरण कार्यक्रम समापन

निरन्तर न्यूज
७ कार्तिक २०७७, शुक्रबार ०८:४५

हेटाैँडा ।  मकवानपुर उद्योग वाणिज्य संघले वडा दशैं २०७७ लाई लक्षित गरी कात्तिक १ गतेबाट दैनिक विपन्न नागरिकलाई वितरण गर्दै आएकाे राहत कार्यक्रम बिहीबारबाट समापन गरेकाे छ ।

कात्तिक १ गतेदेखि ५ गतेसम्म संघकै स्वामित्वमा रहेको पल्पसा परिसरबाट राहत वितरण गर्दै आएकोमा कात्तिक ६ गतेभने स्थलगतरुपमै राहत वितरण गरिएको हो । हेटौंडा नगरकै विकट क्षेत्रमध्ये एक हेटौंडा–१६, आकाशधारा र आसपासका क्षेत्रमै गई संघका अध्यक्ष कृष्ण कटुवालको नेतट्टत्वमा राहत सामग्री वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा हेटाैँडा उपमहानगरपालिका वार्ड नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण काेइराला,  संघका सल्लाहकार आनन्दराम पराजुली,  वडा सदस्य जयवहादुर भोलन लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सन्ताेष, अर्याल सोमनाथ दंगाल, जीवन कठायत, राम प्रसाद वास्तोला, उपेन्द्र प्रसाद गौतम, रमेश दंगाल, धर्मराज खड्का, मिलन पुडासैनी, कृष्ण कुमार गुप्ता, कुल प्रसाद चौलागाईलगायतको सहभागिता रहेकाे थियाे ।

हेटौंडा–१६, आकाशधारा, पानीसरा, भोक्टे र झल्ला दमारका गरी ११० विपन्न परिवारलाई राहत समग्री वितरण गरिएको थियो । प्रति परिवार, राहत सामग्रीमा चामल १० किलो, चिउरा ४ किलो, तेल आधा लिटर, नुन १ पाकेट, मसला १ पाकेट, साबुन १ थान, बिस्कुट २ पाेकाकाे प्याकेज राहतकाे रुपमा वितरण गरिएको संघका कार्यालय प्रमुख पवन कार्काीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*