शनिबार बिहानै मकवानपुरमा १९ जना काेराेना संक्रमित थपिए

निरन्तर न्यूज
१५ कार्तिक २०७७, शनिबार ०७:२५

हेटौंडा । आज शनिबार बिहानै मकवानपुरमा १९ जना काेराेना संक्रमित थपिएका छन् ।

आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार हेटाैँडा उपमहानगरपालिका क्षेत्रभित्रका १७ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र जितपुर सिमरा नगरपालिकाका १ जना गरि कुल १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार कोरोना संक्रमण पुष्टि भएकाहरुमा पुरुष १२ र महिला ७ जना रहेका छन् । कार्तिक १४ गते १८० जनाकाे संकलन गरिएकाे स्वाब परिक्षण गर्दा १९ जनामा मात्र संक्रमण देखिएकाे हाे ।  विगत ३ महिनाकै सबैभन्दा कम १०% संक्रमण दर रहेकाे चाैलागाईले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*