इङ्लिस प्रिमियर लिग: क्रिस्टल प्यालेसमाथि वुल्भसको जीत

निरन्तर न्यूज
१५ कार्तिक २०७७, शनिबार ०७:५७

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शुक्रबार राति सम्पन्‍न खेलमा वुलभरह्‍याम्प्टन वान्डरर्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा उसले क्रिस्टल प्यालेसलाई २-० ले हराएको हो ।

वुल्भ्सको जीतमा रयान एउत नोउरी र डानियल पोडेन्सले १-१ गोल गरे । खेलको १७औं मिनेटमा नोउरीले गोल गर्दै वुल्भसलाई अग्रता दिलाएका थिए । २७औ मिनेटमा पोडेन्सले वुल्भसको अग्रता दोब्बर पारे ।

खेलको ८६औं मिनेटमा प्यालेसका लुका मिलिभोजेभिकले रातो कार्ड खाएपछि अन्तिम केही समय प्यालेस १० खेलाडीमा सीमित भएको थियो ।

जीतसँगै ७ खेलबाट १३ अंक बनाएको वुल्भस अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित क्रिस्टल १० अंकसहित नवौं स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*