आज हेटौँडाका विभिन्न स्थानमा दिनभर लाइन जाने

निरन्तर न्यूज
२१ कार्तिक २०७७, शुक्रबार १०:०५

हेटौँडा । आज शुक्रबार हेटाैँडाका विभिन्न फिडर अन्तर्गतका स्थानमा दिनभर लाइन जाने भएको छ।

नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत कटाैती हुने सूचना सार्वजिनक गरेकाे छ । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र अन्तर्गत चौघडा, रंगशाला र भुटनदेवि फिडर अन्तर्गत विद्युत आपुर्ति भएका विभिन्न वडामा दिनभर लाइन जाने केन्द्रले जारी गरेकाे सुचनामा उल्लेख गरिएकाे छ ।

एच टि तथा एलटि लाइनको कन्डक्टर अपग्रेड तथा लाइन नजिक रहेका रुखका हाँगाहरु काट्नु पर्ने भएकोले साँझ ५ बजेसम्म विद्युत कतौटी हुने जनाइएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*