बागमती प्रदेश सभा सदस्य पुलामाीलाई काेराेना संक्रमण

निरन्तर न्यूज
५ मंसिर २०७७, शुक्रबार ०७:३६

हेटौंडा । नेकपा मकवानपुरका सचिव तथा वाग्मती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु ) लाई कोरोना पोजेटिभ भएको छ । बुधबार साँझ प्राप्त रिपोर्टमा कोरोना पोजेटिभ देखिएको उनले बताए ।

बुधबार बिहान परीक्षणको लागि स्वाब दिएकोमा रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । स्वास्थ्य स्थिति सामान्य रहेको र होम आईसोलेसनमा बसेको पुलामीले जानकारी दिए । उनले कोरोना पोजेटिभ देखिएकाले यसबीचमा सम्पर्कमा रहेका आफन्त तथा साथीभाईलाई सजग हुन आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*