पत्रकार महासंघ मकवानपुरका सचिवलाई काेराेना संक्रमण

निरन्तर न्यूज
५ मंसिर २०७७, शुक्रबार ०८:२८

हेटाैँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सचिव गणेश दर्पण अधिकारीलाई काेराेना पाेजेटिभ देखिएकाे छ ।

रेडियाे मकवानपुर र प्रदेश दैनिकमा आवद्ध सचिव अधिकारीले सामाजिक सन्जालमा आफुलाई काेराेनाले जितेकाे बताएका छन् ।

अधिकारीलाई रुघा खाेकी लाग्ने र साँझमा ज्वराे आउने जस्ता लक्षण देखा परेपछि स्वाब नमूना दिएका थिए

सचिव अधिकारीले आफुसँग सम्पर्कका रहेका व्यक्तिहरुलाई सतर्क रहन आग्रह गरेका छन् ।

हालसम्म मकवानपुरका १६ जना पत्रकारमा काेराेना संक्रमण पुष्टी भैसकेकाे सचिव अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*