कक्षा १२ को परिक्षा आजबाट

निरन्तर न्यूज
९ मंसिर २०७७, मंगलवार ०८:३२

हेटौंडा । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आज बिहान ८ बजेदेखि सञ्चालन हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी बसेकै ठाउँ नजिकका ४ हजार १ सय ५ वटा केन्द्रमा ४ लाख ३३ हजार विद्यार्थी परीक्षामा सहभागी हुने जनाएको छ ।
बोर्डका अनुसार परीक्षा सञ्चालनकालागि हिमाली जिल्लाहरुमा प्रश्नपत्र पठाइसकेको र अन्य जिल्लामा परीक्षा सञ्चालन हुनुअघी इमेलबाट पठाइने छ । कोभिड १९ को संक्रमणका कारण स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न लगाएर परीक्षा सञ्चालन गरिने जनाईको छ ।
संक्रमित तथा कोभिडसँग लक्षण मिल्दोजुल्दो देखिएका बिरामीका लागि पछि बेग्लै परीक्षा सञ्चालन गर्ने पनि बोर्डको योजना छ । कोभिडका कारण बोर्डले ४० अंकको परीक्षा लिन लागेको छ ।
यसैगरी उत्तरपुस्तिका समेत विद्यालयकै सम्बन्धित शिक्षकहरुबाट परीक्षण गराइ मंसिर २२ गतेभित्र प्राप्ताङ्कको फाइल बोर्डको कार्यालयमा पठाउनुपर्ने निर्देशन बोर्डले दिएको छ ।
परीक्षा सम्पन्न भएको १ महिना भित्रै परीक्षाफल प्रकाशित गर्ने पनि बोर्डको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*