४६ किलो गाँजा सहित मकवानपुरका तिर्थ पक्राउ

निरन्तर न्यूज
९ मंसिर २०७७, मंगलवार ०८:३६

हेटौँडा। ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले ४६ किलो लागु औषध गाँजा सहित मकवानपुरको कैलाशका एकजनालाई पक्राउ गरेको छ। प्रहरीले ४६ किलो गाँजासहित कैलाश गाउँपालिका ७ का तीर्थराज चेपाङलाइ पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय मनहरीले आइतबार राति गाँजा ओसारपसार हुदैछ भने सुचना अनुसार गस्ती गर्ने क्रममा मनहरी गाउँपालिका ८ बेलुवाबाट चेपाङलाइ उक्त परिमाणको लागुऔषध गाँजा सहित पक्राउ गरेको जनाइएको छ।

चेपाङले ल्याएको ५ पोका गाँजा छोडेर भाग्ने क्रममा उनलाई पक्राउ गरिएको बुझिएको छ। चेपाङलाइ नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*