वडाध्यक्षसहित ७ जना जुवाखालबाट पक्राउ

निरन्तर न्यूज
९ मंसिर २०७७, मंगलवार ०८:३८

दाङ । नेपाल प्रहरीले जुवाको खालबाट वडा अध्यक्षसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शितगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुकबहादुर आले रहेका छन् । तर प्रहरीले उनको परिचय स्पष्ट खुलाएको छैन ।

त्यसैगरी, प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ३ का ५० वर्षिय चुमानसिंह सुनार, ३५ वर्षिय अल्ली शाह, वडा नम्बर १ का २४ वर्षीय एडिस मिंया, वडाका ४० वर्षिय अक्कबर हुसेन मिया, वडा नम्बर ३ का ४४ वर्षिय कृष्णबहादुर राना र दाङको राप्ती गाउँपालिका वडा नम्बर २ का २१ वर्षिय यमबहादुर राना रहेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियास्थित राप्ती फेम्ली रेष्टुरेण्टमा तास खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले टोलीले उनीहरुको साथबाट १ लाख ४६ हजार रुपैंया, १० गड्डी तास बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*