अस्ट्रेलिया र भारतबीचको एकदिवसीय श्रृंखला आजबाट शुरु

निरन्तर न्यूज
१२ मंसिर २०७७, शुक्रबार ०९:३१

काठमाडौं । अस्ट्रेलिया र भारतबीचको तीन खेलको एकदिवसीय श्रृंखलाअन्तर्गतको पहिलो खेल शुक्रबार हुँदै छ । खेल नेपाली समयअनुसार विहान ९:२५ पछि सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ ।

भारत विराट कोहली र अस्ट्रेलिया एरन फिन्चको कप्तानीमा मैदान उत्रने छन् । क्रिकेटका यी दुई शक्तिशाली राष्‍ट्रबीचको प्रतिस्पर्धा रोमाञ्‍चक हुने अनुमान गरिएको छ ।

सिड्नी ब्याटिङका लागि उपयोगी मैदान मानिन्छ । सिड्नीमा खेलिएका पछिल्ला ७ खेलमध्ये ६ खेलमा पहिला ब्याटिङ गर्ने टोली विजयी भएका छन् । सिड्नीमा अस्ट्रेलियाले भारतविरुद्ध खेलेका १४ खेलमध्ये १२ खेलमा जीत निकालेको छ ।

एकदिवसीय वरियतामा भारत दोस्रो र अस्ट्रेलिया चौथो स्थानमा छन् । भारतको यो आइसिसी विश्वकप सुपर लिग अन्तर्गतको पहिलो खेल पनि हुने छ ।

हालसम्म अस्ट्रेलिया र भारतबीच १ सय ४० एकदिवसीय खेल भएका छन् जसमध्ये ७८ खेलमा अस्ट्रेलिया विजयी हुँदा ५२ खेलमा भारतले बाजी मारेको छ । १० खेल भने नतिजाविहीन छन् ।

एकदिवसीय श्रृंखलापछि भारत र अस्ट्रेलियाबीच तीन टी-२० र चार टेस्ट पनि हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*