सिरहाको उपमेयर कप फुटबल प्रतियोगिताको उपाधी एफसी मुन्डीयाल हेटौंडाको कब्जामा

निरन्तर न्यूज
२३ मंसिर २०७७, मंगलवार १२:४९

हेटौंडा । सिरहाको कर्जन्हा नगरपालिका–२, बन्दीपुरमा सञ्चालन भएको राष्ट्रव्यापी आमन्त्रित उपमेयर प्रशिक्षणात्मक फुटबल प्रतियोगिताको उपाधि हेटौंडाको एफसी मुण्डियालले जितेको छ । सोमबार भएको फाइनल भिडन्तमा काठमाडौंको चर्च ब्वाइज क्लवलाई २–० गोल अन्तरले हराउँदै मुण्डियालले उपाधि कब्जा गरेको हो ।

विजेता मुण्डियालले उपाधि सहित नगद २ लाख २ हजार २२ रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेको चर्च ब्वाइजले १ लाख एक हजार १११ रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ । एफसी मुण्डियालको जितमा रबि थिङ र विदेशी खेलाडी हमजतले गोल गरे । ए डिभिजन क्लबबाट समेत खेलिसकेका थिङले खेलको ३१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । मुण्डियालले प्राप्त गरेको फ्रिकिक प्रहारलाई नियन्त्रणमा लिँदै उनले उत्कृष्ट गोल गरेका हुन् ।

यस्तै खेलको दोस्रो हाफमा चर्च ब्वाइजका डिफेण्डरको गल्तीको फाइदा उठाउँदै विदेशी खेलाडी हमजतले गोलरक्षक किशोर गिरीलाई छक्याएर गोल गर्दै २–० को जित निकाले ।
फाइनलको म्यान अफ द एफसी मुण्डियालका रबि थिङ घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी मुण्डियालका जनक कार्की र उत्कृष्ट गोलरक्षक मुण्डियालकै अनिष देउला घोषित हुँदा सर्वाधिक गोलकर्ताको पुरस्कार चर्च ब्वाइजका भुवन बस्नेत र उदीयमान खेलाडी चर्च ब्वाइजकै मनोज राई घोषित भए ।

मुण्डियाललले सेमीफाइनलमा चितवनको हर्दी युवा समाजलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । एफसी मुण्डियालका प्रशिक्षक सुविन घिमिरेले उपाधि जितेको खुसी हुँदै आफ्ना खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिए । ‘उपाधि जित्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागी भएका हौं’, घिमिरेले भने, ‘लक्ष्य भेट्टाउन सफल भएकोमा खुसी छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*