बेलायतका १३ लाख नागरिकले कोरोना विरुद्धको खोप लगाए

निरन्तर न्यूज
२२ पुष २०७७, बुधबार १०:०५

काठमाडौं । युरोपको सबैभन्दा बढी प्रभावित मुलुक बेलायतमा १३ लाख नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको छ । कोरोना विरुद्धको खोप प्रयोगका लागि आपतकालीन स्विकृति दिने विश्वकै पहिलो मुलुक बेलायतमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि त्यहाँका नागरिकलाई खोप लगाउन थालिएको हो ।

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजर र बायोएनटेकले विकास गरेको कोरोना विरुद्धको खोपका लागि बेलायतमा अनुमति दिएको एक महिनाको अवधिमा १३ लाख नागरिकलाई खोप लगाइएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले मुलुकमा कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राखि सुरु गरिएको खोप अभियान अन्तर्गत हालसम्म १३ लाख नागरिकलाई कोरोना विरुद्धको खोप दिइएको बताए ।

यसैबीच, बेलायत प्रवेश गर्ने सबैले अब कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएको छ । प्रधानमन्त्री जोनसनले अर्को देशबाट बेलायत आउने सबै यात्रुले कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्ने बताएयो ।

उनले यसबारे विस्तृत जानकारी भने चाँडै नै दिइने पनि उल्लेख गरे । उनले हालसम्म मुलुकमा १० लाखभन्दा बढी मानिस कोरोनाका कारण सङ्क्रमित भएको र अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएकाले जोखिम झन् बढ्न सक्ने भएकाले सबैलाई खोपको पहुँचमा पुर्‍याउनका लागि खोप अभियान सुरु गरिएको जानकारी दिए ।

बेलायतमा कोरोनाको बढ्दो जोखिमका कारण हिजोदेखि लागू हुने गरि देशव्यापी लकडाउन जारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*