हेटाैँडामा एन्टीजिन विधिबाट काेराेना परिक्षण सुरु

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा कोरोना परीक्षण गर्ने नयाँ विधि सुरु भएको छ ।
पीसीआर विधिबाट परिक्षण गर्नका लागि भीटीएम सकिएको र एन्टीजिन नयाँ विधि आएकाले यो प्रविधिबाटै परिक्षण सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निर्देशक भोला चौलागाईले जानकारी दिए ।
एन्टीजीन विधिबाट बिहान र दिउँसो गरी दुईपटक परीक्षणको व्यवस्था मिलाइएको चौलागाईले जानकारी दिए । ३ हजार जनाको परीक्षण गर्न मिल्ने गरी सामग्री आइपुगेको चौलागाईको भनाई छ । पीसीआर परीक्षणमा जस्तै एन्टीजीन परीक्षणका लागि पनि नाकबाट स्वाब निकालिन्छ ।