हुप्र चाैरभित्र ४५ लाख लागतमा रनिङ ट्र्याक निर्माण

निरन्तर न्यूज
२८ पुष २०७७, मंगलवार ११:३९

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित हुप्रचौरमा दौड प्रतियोगिता गर्नका लागि ट्रयाक निर्माण गर्न लागिएको छ । चौरको गेट भित्रको छेउछेउबाट दौड प्रतियोगिता गर्न, मर्निङवाक गर्न, शारिरिक ब्यायाम गर्न समेत सहज हुनेगरी वाकिङ ट्रयाक निर्माण गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

कुल ४५ लाख रुपैयाँ लागतमा वाकिङ ट्रयाक धमाधम निर्माण भइरहेको उहाँले वताउनुभयो । हुप्राचौरलाई घेरीएको पर्खाल भित्र बस्नका लागि बेन्च, फूल रोप्ने काम संगै हरिया रुखका विरुवा समेत राखेर हुप्राचौरलाई थप सुन्दर बनाउन लागिएको मेयर महतले वताउनुभयो । साेमबार मेयर महत निरीक्षणकाे क्रममा हुप्र चाैर पुगेका थिए ।

उपभोक्ता समिति मार्फत काम भइरहेको छ । वाकिङ ट्रयाक नहुँदा बजार क्षेत्र आसपासका वासिन्दाहरु हुप्राचौंरको बिचमा मर्निङवाक गर्दै आएका थिए । यसले चाैरलाई व्यवस्थित बनाउन मद्दत पुग्ने बताइएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*