राजश्व कार्यालय परिसरबाट घुससहित कम्प्युटर अपरेटर पक्राउ

निरन्तर न्यूज
१ माघ २०७७, बिहीबार ०८:३९

काठमाडौं । आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग कर तिर्न सहजीकरण गरिदिए वापत ४३ हजार घुस लिदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको छ ।

टोलीले घुस दिने मगरलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ ।

 

आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्माले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिए वापत रू.४३,०००/- (त्रिचालिस हजार) अतिरिक्त रकम दिदै लिदै गर्दाको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज राजन शर्मा र सन्तोष थापा मगर दुबै जनालाई बालाजु स्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट मिति २०७७।०९।२८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*