आज बाक्लाे हुस्सु, तुवाँलाे र कुहिराे लाग्ने : मौसम पूर्वानुमान महाशाखा

निरन्तर न्यूज
३ माघ २०७७, शनिबार १०:०४

काठमाडौं । हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमको प्रतिकूलताले विपन्न नागरिकहरु प्रभावित भएका छन् । अत्यधिक चिसोका कारण बाहिर काममा निस्कन उनीहरुलाई अप्ठेरो र असहज भइरहेको हो ।

महाशाखाका अनुसार हाल प्रदेश १ का पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ।

आज दिउँसो प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जानकारी दिएको छ । त्ययैगरी प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकी प्रदेशमा मौसम सफा रहने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

उपत्यकामा बिहान कुहिरो र दिउँसो तुँवालोका कारण तापक्रम उस्तै उस्तै रहने मौसमविद्हरुले बताएका छन् ।

आज राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू–भागहरू साथै सुदूरपश्चिम प्रदेशका तराइका भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*