आजेदेखि हेटाैँडा गाेल्डकप शुरु, उद्घाटन खेलमा भरतपुर बिजयी

निरन्तर न्यूज
१६ माघ २०७७, शुक्रबार २०:०२

हेटाैँडा । बागमती प्रदेशकाे राजधानी हेटाैँडामा आजदेखि हेटाैँडा गाेल्डकप फुटबल प्रतियाेगिता २०७७ शुरु भएकाे छ ।

स्थानीय बिजय युथ क्लबकाे आयाेजनामा सन्चालन गरिएकाे कार्यक्रममा हेटाैँडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले फुटबल हस्तान्तरण गरेर खेलकाे शुरुवात गर्नुभएकाे हाे ।

उद्घाटन कार्यक्रममा क्लबका अध्यक्ष सुदिप राजबाहक, प्रदेश खेलकुद विकास समितिका सदस्य माधव तिमल्सिना, खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, याेग्य सापकाेटा, भेष खड्गी, चन्द्र शाही, युनाल मल्ल, सुबिन घिमिरे, खुसराज दाहाल, प्रताप बिष्ट, गणेश दर्पण अधिकारीलगायतकाे आतिथ्यता रहेकाे थियाे ।

मकवानपुर ११ र सेन्ट्रल कलेज विएसी भरतपुरबीच भएको उद्घाटन खेलमा २-१ गाेल अन्तरले सेन्ट्रल कलेज विएसी भरतपुर विजयी भएको छ । खेलको पहिलो हाफको ५ मिनेटमा कलेजका विदेशी खेलाडी जोन ग्लोरीले पहिलो गोल गरेका थिए । खेलकै १२ औं मिनेटमा मकवानपुर ११ का रन्जित आलेमगरले गोल फर्काएका बराबरि गरेका थिए । बराबरीमा खेलिरहेको खेलमा कलेजका ऋषि मोक्तानले ३२ औं मिनेटमा गरेकाे गोल नै भरतपुरकाे लागि बिजयी सावीत बन्याे ।

दोस्रो हाफमा कडा प्रतिस्पर्धा भएता पनि मकवानपुर ११ ले गोल गर्न सकेन । आजको खेलको म्यान अफ द म्याच मकवानपुर ११ का गोलकर्ता रन्जित आलेमगर बनेका थिए । शनिबार दुई खेल हुनेछ । पहिलो खेल वीरगञ्ज युनाइटेड र हर्दि युवा समाज राप्तीबीच हुनेछ भने दोस्रो खेल वीरगञ्ज युथ एकेडेमी र दुधौली स्पोट्र्स क्लबबीच हुनेछ । यस प्रतियोगिताको फाईनल खेल २३ गते शुक्रबार हुनेछ । प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*