टिम टिभी र रेडियो सन्देश फुटसलकाे फाइनलमा

निरन्तर न्यूज
२१ माघ २०७७, बुधबार ०७:५४

हेटाैँडा । रेडियो सन्देश र टिम टिभीले रेडियो मकवानपुर कप (मिडियास्तरीय) फुटसल प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन् । मंगलबारबाट सुरु भएको प्रतियोगितामा रेडियो सन्देशले रेडियो मकवानपुर र रेडियो आकाशगंगालाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

त्यस्तै टिम टिभीले सकृय पत्रकार समूह र नवयुग अनलाइन मिडियालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । रेडियो मकवानपुरले बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल बुधबार दिउँसो हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले नगद ७ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । फाइनल खेलअघि महिला पत्रकारहरुको बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेश दर्पण अधिकारीले जानकारी दिए ।

हेटौंडाका पत्रकारहरु बिचको फुटसल प्रतियोगिताको उद्घाटन बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले गरे थिए । प्रतियोगिताको उद्घाटन गर्दै उनले पत्रकारहरुले नै खेलकुदका गतिविधिको आयोजना गर्दा ‘क्रेज’ बढ्ने धारणा राखे । प्रदेश खेलकुद परिषद् खेलकुद र खेलाडीको सर्वाङ्गीण विकासका लागि सदैव तयार रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*