हेटौँडा गोल्डकप फुटबलको उपाधि विजय युथ क्लबकाे कब्जामा

निरन्तर न्यूज
२३ माघ २०७७, शुक्रबार १९:२४

हेटौँडा । माघ १६ गतेबाट हेटौँडा-१० मा रहेको वन विज्ञान क्याम्पसको खेल मैदानमा जारी भिडोल हेटौँडा गोल्डकप फुटबलको उपाधि आयोजक विजय युथ क्लबले हात पारेको छ।

शुक्रबार सम्पन्न फाइनल खेलमा सेन्ट्रल कलेज विएफसी भरतपुरलाई २ का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै उपाधि माथी कब्जा जमाएको हो।विजय युथ क्लबलाई उपाधि दिलाउन रुपेश केसी र शान्त गुरुङले १–१ गोल गरेका थिए । त्यसैगरी सेन्ट्रल कलेज विएफसी भरतपुरका लागि एक मात्र सान्त्वना गोल रन्जित मगरले गरेका थिए ।

प्रतियोगितामा विजेता बनेसगै विजय युथ क्लबले नगद ३ लाख सहित ट्रफि हात पारेको छ भने उपविजेता सेन्ट्रल कलेजले १ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*