प्रधानमन्त्री ओलीले सत्ता लम्ब्याउन प्रतिनिधिसभा बिघटन गराए : राजेन्द्र महतो

निरन्तर न्यूज
३ फाल्गुन २०७७, सोमबार १७:१९

कपिलवस्तु ।  जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीले निर्वाचन गराउनका लागि प्रतिनिधिसभा विघटन गराएकै नभै आफ्नो सत्ता लम्ब्याउनका लागि मात्रै विघटन गरिएको हो ।

कपिलवस्तुमा सोमबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता महताेले जसपा निर्वाचनका लागि जतिबेला तयार रहेको बताउँदै आफूहरु निर्वाचनबाट कहिल्यै नभाग्ने बताए । नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको तीनवर्षे उपलब्धि गफ मात्रै रहेको समेत बताए ।

नेता महतोले मुलुकमा हत्या, हिंसा, बलात्कार र संविधानमाथिको प्रतिगमन मात्र रहेको बताए ।

‘चुटकीला दिएको दियै गर्ने देशको प्रधानमन्त्री गफाडी हुनु पनि एउटा उपलब्धि हो’ नेता महताेले ब्यङ्ग गरे ।

संसद पुनस्र्थापना कि निर्वाचन विषयमा जसपामा दुई धार रहेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा महतोले भने, ‘जसपामा दुई धार मिडियामा मात्रै देखिएको हो । प्रायोजितरुपमा केही मिडियाबाट प्रचार गराइएको हो ।’

उनले जसपामा कुनै पनि दुई वा चार धार नरहेको प्रष्ट पारे । कांग्रेस र कम्युनिष्ट पार्टी यो देशमा नालायक भइसकेकोले जनताले विकल्प खोजिरहेको अवस्थामा जसपा विकल्प दिन निर्माण भएको उनले दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*