वाग्मती प्रदेश सभाको बैठक बुधवार बस्ने

निरन्तर न्यूज
४ फाल्गुन २०७७, मंगलवार १०:१८

हेटाैँडा । वाग्मती प्रदेश सभाको बैठक फागुन ५ गते बुधवार दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा तयार गरिएको प्रदेश पर्यटन विधेयक–२०७७ सचिवालयमा दर्ता भएको छ।

फागुन ५ गते बिहान प्रदेशसभा कार्यपरामर्श समितिको बैठक बसी सोही दिन दिउँसो सञ्चालन हुने बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने सम्भावना रहेको उनले बताए।

यसअघि प्रदेशसभाको बैठक माघ १९ गते सञ्चालन हुने भनिएको भए पनि सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो। प्रदेशसभामा सत्तारुढ नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, राप्रपाको दुई, नेपाल मजदुर किसान पार्टीको दुई र एक स्वतन्त्र गरी ११० जना सदस्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*