काँग्रेसका नेता साउदमाथि भएको आक्रमणको विरोधमा नेविसंघकाे प्रदर्शन

काठमाडाैं । बैतडीमा नेपाली काँग्रेसका नेता एनपी साउदमाथि भएको आक्रमणको विरोध गर्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ ।
बुधबार काठमाडौंको प्रदर्शनीमार्गमा नेविसंघ आवद्ध आरआर क्याम्पसका विद्यार्थीले बैतडीमा भएको घटनाको विरोध गर्दे दोषीमाथि कारवाही हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन् । मंगलबार बैतडीमा साउद सहभागी कार्यक्रममा नेकपाको केपी ओली समूहले हस्तक्षेप गर्दा साउदसहितका नेता कार्यकर्ता घाइते भएका थिए ।
मुलुकमा हत्या हिंसा हुँदा पनि सरकार मौन रहेको र नेकपा राजनीतिक प्रतिशोध साध्न व्यस्त रहेको आरोप प्रदर्शनमा सहभागीहरुले लगाएका छन् । विरोध प्रदर्शनमा सहभागीहरुले सरकार विरोधी नारा लगाएका थिए । त्यस्तै उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि तत्काल फिर्ता लिन पनि माग गरेका छन् ।