१ कराेड लागतमा हेटाैँडामा राष्ट्रिय फुटबल प्रतियोगिता हुने

निरन्तर न्यूज
११ फाल्गुन २०७७, मंगलवार ०९:१७

हेटाेँडा । बागमती प्रदेशकाे राजधानी हेटौंडामा स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप राष्ट्रिय फुटबल तेस्रो संस्करण २०७७ आयोजना हुने भएको छ ।

मकवानपुर जिल्ला फुटबल संघले सोमबार पत्रकार सम्मेलन गरी यही फागुन २७ गते देखी चैत्र ७ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

हेटौंडाको बनविज्ञान अध्ययन संस्थान (फरेष्टी) को खेल मैदानमा हुने प्रतियोगितामा नेपालका ए– डिभिजन क्बल सहित १० उत्कृष्ट टिमको सहभागिता रहने आयोजक मकवानपुर फुटबल संघले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैया सहित शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ५ लाख सहित शिल्ड प्राप्त गर्ने आयोजकले जनाएका छ । त्यस्तै सर्वोउत्कृष्ट खेलाडीलाई नगद ५० हजार, विधागत तर्फ उत्कृट पाँच खेलाडीलाइ जनही २५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

अनुमानित ९४ लाख ४० हजार ५ सय रुपैया लागतमा प्रतियोगिता सम्पन्न गरिने प्रतियोगिता संयोजक तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप बिष्टले जानकारी दिनुभयो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*