राक्सिराङ गाउँपालिका १ का वडाध्यक्ष रुम्बा धरौटीमा रिहा

निरन्तर न्यूज
११ फाल्गुन २०७७, मंगलवार ०९:२१

हेटाैँडा । प्रहरीको काममा असहयोग गरेको र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ पर्नु भएका राक्सिराङ गाउँपालिका–१ का वडाध्यक्ष कान्छाराम रुम्बा धरौटीमा रिहा हुनु भएको छ ।

गाँजा अप्रेशनको लागि भन्दै गाउँ छिरेको प्रहरी र स्थानीयबीचको विवाद हुँदा वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको थियो । शनिबार राती पक्राउ पर्नु भएका रुम्बा सोमबार साँझ छुट्नु भएको हो । उहाँलाई अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दायर गरिएकोमा प्रमुख जिल्ला अधिकारीको आदेशमा ३ हजार धरौटी लिएर रुम्बालाई तारेखमा छाडेको हो ।

रिहाईपछि रुम्बालाई स्वागत गर्न गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललगायत स्थानीयबासी जिल्ला प्रहरी कार्यालय पुग्नु भएको थियो । रिहाईपछि प्रतिक्रिया दिँदै रुम्बाले आफूले न्यायको पक्षमा बोल्दा प्रहरीले झुठो आरोपमा पक्राउ गरेको बताउनुभयो ।

आफू स्थानीयबासीको समस्यामा जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको उनको भनाइ थियो । आमनागरिक र विभिन्न क्षेत्रका व्यक्तिहरुको दबाबकै कारण आफ्नो रिहाई भएको उहाँले बताउनुभयो । प्रदेश सञ्चारको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*