हेटौंडामा २ वटा सुमो ठोक्कियो, ११ जना घाइते

निरन्तर न्यूज
११ फाल्गुन २०७७, मंगलवार १०:१८

हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगर २ चौकिटोलमा आज बिहानै सवारी दुर्घटना भएको छ ।

बिहान हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बरको सुमो र विपरित दिसाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरको सुमो एकापसमा ठोक्किएर दुर्घटना हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरूको हेटौंडा अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

मकवानपुर प्रहरीले दुवै सुमोलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*