पिप्लेका शुशिल र मामाघरका अर्पणलाई ‘सामुदायिक सम्मान’

हेटौंडा। दिव्यतारा बहुउद्धेश्यीय सहकारी संस्थाद्वारा सन्चालित रेडियो मकवानपुरले आफ्नो ११ औँ स्थापना दिवसको अवसरमा ‘सामुदायिक सम्मान’ मार्फत् हेटाैँडाका शुशिल घिमिरे र अर्पण पराजुलीलाई सम्मान गरेकाे छ ।
रेडियाेले प्रत्येक बर्ष सामुदायिक क्षेत्रमा काम गर्ने दुईजना व्यक्तिलाई दिदै आएको सामुदायिक सम्मान यस वर्ष पूर्व राष्ट्रिय बक्सिङ खेलाडी एवम् आफ्नै नेतृत्वमा कभर्ड हल निर्माण गर्ने पिप्ले युवा क्लब हेटौंडा-५ का अध्यक्ष घिमिरेलाई प्रदान गरिएकाे हाे ।
त्यस्तै दशक अघिदेखि सडक बालबालिकालाई आवासहितकाे उचित शिक्षा दिइरहेकाे हाल हेटाैँडा ११ मा आफ्नै भवर बनाउन सफल रहेकाे ‘मामाघर नेपाल ‘ का संरक्षक पराजुलीलाई पनि सम्मान गरिएकाे हाे ।
दुबैजनालाई नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइराला र सहकारीकी अध्यक्ष महालक्ष्मी उपाध्यक्ष डिना र रेडियोका अध्यक्ष आनन्दराम पराजुलीले संयुक्त रुपमा कदरपत्र र नगद १० हजार सहित सम्मान गरेका हुन् ।