ब्यवसायीसँगको प्रतिबद्धता तोडेर राजकुमार न्यौपाने नेकपा ओली समुहमा प्रवेश

निरन्तर न्यूज
१६ फाल्गुन २०७७, आईतवार ११:३१

हेटौंडा । निशेधको राजनीति विरुद्ध ब्यबसायीलाई सर्बोच्च ठान्ने प्रतिबद्धता गरेर मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उद्योग वाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य र मकवानपुरका पूर्व अध्यक्ष राजकुमार न्यौपाने ओली समूहको नेकपामा प्रवेश गरेका छन् ।

फागुन १३ गते उम्मेदवारी घोषणामा बोलेको कुरा ७२ घण्टा नबित्दै झुट साबित भएको छ ।

आफू कुनै पार्टीको नहुने र ब्याबसायीको हितमा काम गर्ने कुरा मिथ्या रहेको न्यौपाने आफैले शनिबार प्रधानमन्त्री केपी ओलीले खादा लगाई नेकपामा प्रवेश गराएपछि प्रमाणित गरिदिएका छन् ।

आफु कुनै पार्टीमा नरहेको बताउने व्यवसायी न्यौपाने दुई दिन नबित्दै ओली समुहमा प्रवेश गरेपछि हेटौंडाका केही ब्यबसायीहरुले पार्टीकै हित सोच्ने ब्यक्ति मात्र संघ्मा हाबी भएकोमा चिन्ता व्यक्त गर्न थालेका छन् ।

न्यौपाने समर्थका ब्यवसायीहरुले भने लोकतन्त्रमा कुनै पनि पार्टीको विचार अंगिकार गर्न सक्ने स्वतन्त्रता रहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*