मकवानपुरकाे हटियामा एक पुरुषकाे शव भेटियो

निरन्तर न्यूज
१९ फाल्गुन २०७७, बुधबार ०९:०८

हेटौंडा। हेटौंडा-उपमहानगरपालिका वार्ड नम्बर १६ हटियामा एक व्यक्तिले रुखमा पासो लगाएकाे अवस्थामा शव फेला परेको छ ।

घटनास्थलमा पुगेका  ईलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरीक्षक देवराज काफ्लेका अनुसार उक्त शव सोही स्थानमा बस्ने ५४ वर्षीय रामकृष्ण बलामीको हाे ।

घटनाको मुचुल्का उठाएर पाेष्टमार्टमका लागि शव हेटाैँडा अस्पतालमा लगिने काफ्लेले जानकारी दिए ।

घटनाको  थप अनुसन्धान भइरहेको  उनले बताए ।

यता हिजो मंगलबार  हेटौंडा-८ कर्रा पुल नजिकको खाली घरमा एक वृद्ध मृत अवस्थामा फेला परेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*