हेटौंडामा आजबाट नगरकप भलिबल प्रतियोगिता हुने

निरन्तर न्यूज
१९ फाल्गुन २०७७, बुधबार ०९:५७

हेटौंडा । हेटौंडामा आजदेखि नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा हेटौंडा–४ हुप्रचौर खेलमैदानमा हुने प्रतियोगिता फागुन २२ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ १३ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु