सरकार र विप्लव समूहबीच वार्ता हुँदै , यस्ता छन् विप्लव समूहका ३ शर्त !

निरन्तर न्यूज
१९ फाल्गुन २०७७, बुधबार १०:१७

काठमाडौं । दुई वर्षदेखि सरकारी प्रतिबन्ध झेलिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई सरकारले पहिलो पटक औपचारीक रुपमा वार्ताको लागि आह्वान गर्दै वार्ता टोली गठन गरेको भोलिपल्ट आज बुधवार सो समुह र सरकारबीच वार्ता जारी छ। तर वार्ता भइरहेको स्थलबारे भने जानकारी दिईएको छैन ।

वि.सं २०७५ फागुनदेखि प्रतिबन्ध लगाएर धरपकडको निर्देशन दिइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्ताको लागि अनौपचारिक रुपमा ‘शान्ति प्रक्रियामा फर्किन’ आह्वान गर्दै आएको भएतापनि औपचारिक रुपमा भने सरकार र विप्लव समूहको वार्ताको साइत जुरेको थिएन । बालुवाटार स्रोतले भन्यो, ‘यसपटक औपचारिक रुपमा सरकारले वार्ताका लागि विप्लव समूहलाई बोलाएको हो। ‘

सरकारले हिजो (मंगलवार) गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको वार्ता टोली गठन गरेको थियो भने प्रतिबन्धित नेकपासँग वार्ता समिति गठन गरेको खबर बाहिरिएसँगै विप्लव समूहको नेकपाले पनि टोली गठन गरेको जानकारी सार्वजनिक गरेको थियो।

विप्लव नेतृत्वको नेकपाले सार्वजनिक गरेको वार्ता टोलीमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा विप्लव समूहका केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरिएको छ । विप्लव समूहले मंगलवार प्रेस विज्ञप्तिमार्फत् वार्ता टोली गठन गरेको जानकारी दिएको हो । लाेकपथबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*