मकवानपुरमा राष्ट्रिपति रनिङशिल्ड जिल्ला प्रतियोगिता शुरु

निरन्तर न्यूज
२९ चैत्र २०७७, आईतवार १८:०३

हेटौंडा । मकवानपुरमा राष्ट्रिपति रनिङशिल्ड जिल्ला प्रतियोगिता आजबाट शुरु भएकाे छ । जिल्लाका १० वटै पालिकाले स्थानिय तह छनौट गरि सकेकोले सवै पालिकाबाट खेलाडीहरु हेटौडा आउन थालेको मकवानपुर जिल्ला खेलकुद विकास समितिले जनाएको छ । हेटौडाको हुप्रचौरमा उद्घाटन गरिने भएको छ । प्रतियोगितामा भलिवल, एथलेटिक्स, कवड्डी, सितेरियो करोत, तेक्वान्दो र उसु खेलका प्रतिस्पर्दा हुने छन् । कोभिडको कारण धेरै प्रतियोगिता छरितो बनाउन मार्सल आर्टको खेल सम्पन्न भई सकेको समितिले जनाएको छ ।

शनिवार भएको तेत्वान्दो खेलको छात्र तर्फ ४८ केजी समुहमा चन्द्रोय माविका रिमेश अधिकारी प्रथम र कैलाशको रत्न ज्योती माविका पासाङ थिङ द्धितीय भएका छन् । यस्तै ५१ केजीमा त्रिभुवन मावि हटियाका अभिशेक बानिया प्रथम,कालिका मावि कैलाशका रोशन मोक्तान द्धितीय, ५४ केजीमा सिद्धार्थ माविका युसुफ ुसेन प्रथम र रत्नज्योती माविका सुसन जिम्वा द्धितीय भएका छन् ।

यस्तै छात्रा तर्फ४६ केजीमा जनपृयकी रुमीसा राई प्रथम र कालिका माविकी सुस्मिता थिङ द्धितीय भएका छन । ४२ केजी मा जनपृयकी कविना राई प्रथम तथा रत्न ज्योतीकी रचना बुलुन द्धितीय भएका छन् । यस्तै ४४ केजीमा आधुनिक माविकी त्रिष्मा व्लोन प्रथम र ज्योती मावि रोस्मि मोक्तान द्धितीय भएका छन् । यस्तै रुमिसा राई र मिेश अकिारी उत्कृष्ट खेलाडी खोषित भएका छन् ।

यस्तै सितेरियो करोतेमा ४५ केजीमा बालउज्वल माविकी श्रृष्टि घलान प्रथम,महेन्द्र मावि छतिवन कि दिक्षा कार्की द्धितीय, ५० केजीमा महेन्द्र छतिवनकी बविता सिमल्सिना प्रथम र बविता बलामी द्धितीय,४० केजीमा सलिना पाख्रीन ,उर्मिला थिंङ द्धितीय प्रभात मावि छतिवन भएका छन् ।

५२ केजी सुरेन्द्र रुम्वा प्रथम महेन्द्र किरण मावि हेटौडा, महेन्द्र मावि छतिवन प्रभावर भम्जन द्धितीय, ४७ केजीमा इवन वोडिंङ स्कुल थाहा नगरपालिका गौरव थापा प्रथम, भुटन देवी माविको आशिष बानिया द्धितीय,४२ केजीमा महेन्द्र किरण हेटौडा अतित लामा प्रथम र महेन्द्र मावि छतिवनका द्धितीय भएका प्रशिक्षक नरेन्द्र श्रेष्ठले जनाएका छन् । यस्तै गौरव थापा मगर र श्रृष्टि घलान उत्कृष्ट खेलाडी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*