गण्डकी प्रदेश सरकार ढल्ने निश्चित

निरन्तर न्यूज
१ बैशाख २०७८, बुधबार १६:२८

वैशाख । गण्डकी प्रदेश सरकार ढल्ने करीब निश्चित बनेको छ । राष्ट्रिय जनमोर्चाले प्रेस वक्तव्य मार्फत सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार ढल्ने निश्चितजस्तै बनेको हो ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ती निकालेर सरकारलाई दिएको समर्थन फित्ता लिएको औपचारिक जानकारी गराएको हो ।

गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई आफनो पार्टीको समर्थन रहने केसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

अहिलेको ढलेसगै नयाँ बन्ने सरकारमा मुख्य मन्त्रीमा माओवादी केन्द्र र नेपाली कांग्रेस जुन आए पनि त्यो उनीहरु बीच बन्ने समीकरणको कुरा रहेको जनमोर्चाले स्पष्ट पारेको छ ।

जनमोर्चाले सरकारलाई दिएको सर्मथन फित्ता लिने निर्णय औपचारिक रुपमा सार्वजनिक गरेपछि विपक्षी दलहरु एक दुई दिनभित्रमा सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*