मकवानपुरका ७ पत्रकारले पाए काेराेना वापतकाे विमा रकम

निरन्तर न्यूज
१ बैशाख २०७८, बुधबार १७:५८

हेटौंडा । मकवानपुरका विभिन सन्चारमाध्यममा आवद्ध ७ जना पत्रकारहरुलाई धेरै समयकाे पर्खाइ पश्चात  काेराेना बापतकाे बिमा रकम  हस्तान्तरण गरिएकाे छ ।

२०७७ सालमा काम गर्ने क्रममा कोरोना संक्रमित ७ जना पत्रकारहरुलाई काेराेना वापतकाे  बिमा १ लाख रुपैयाँ प्रदान गरिएकाे हाे ।

आज नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा आयोजना गरिएको नयाँ वर्षको शुभकामना आदानप्रदान समेतकाे कार्यक्रममा  पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, सचिव गणेश दर्पण अधिकारी, महासंघ पुर्व सदस्य सुजन विडारी, केन्द्रीय पार्षद राजन दाहाल (खुशराज), महासंघ सदस्य जीवराज बख्रेल, अनिष लुइँटेल र सहनशीला ढकाललाई काेराेना बापतकाे बिमा रकम हस्तान्तरण गरिएकाे छ ।

फ्रन्टलाईनमा काम गर्ने पत्रकारमा कोरोना जोखिमलाई मध्यनजर गर्दै हेटौंडा उपमहानगरपालिकाले पत्रकार महासंघ मकवानपुरमा आवद्ध पत्रकारहरुको १ लाखको कोरोना बिमा गरेको थियो । यसैक्रममा केन्द्रीय परिषद सदस्य खुशराजले कोरोना बिमा बापत पाएको रकमबाट १० हजार रुपैया पत्रकार पेन्सन कोषकाे लागि सहयोग गरेका छन ।

महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षा एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्काको प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल,महिला उपाध्यक्ष सम्झना कार्कीलगायतकाले मन्तव्य व्यक्त गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*