गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

निरन्तर न्यूज
३ बैशाख २०७८, शुक्रबार ०८:४१

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वि सुब्वा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री गुरुङ विरुद्ध प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा मुख्यमन्त्री गुरुङलाई हटाएर नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ ।

अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ ।

गण्डकीम २७ सांसद रहेको एमालेको सरकार अल्पमतमा परेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*