हेटाैँडाका मुख्य तरकारी मन्डी दैनिक ४ घण्टामात्र खुल्ने

निरन्तर न्यूज
१३ बैशाख २०७८, सोमबार २१:०७

हेटौंडा। बैशाख १४ गते मङ्गलबारबाट हेटौंडा उपमहानगर-४ मा अवस्थित ख्वपगल्ली र हेटौंडा -१० मा अवस्थित हाेलसेल तथा खुद्रा तरकारी मन्डीसहित हेटौंडाका माछामासु पसल दैनिक बिहान ४ घण्टा मात्र खुल्ला हुने भएको छ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आज साेमबार बसेको बैठकले उक्त तरकारी तथा माछामासु पसल बिहान ४ बजेबाट ८ बजेसम्म मात्र खुलाउने निर्णय गरेको छ ।

मकवानपुर र हेटौंडामा कोरोना संक्रमणको संख्या बढदै गएकोले तरकारी पसल र माछामासु पसल दैनिक ४ घण्टा खोल्ने निर्णय भएको मकवानपुर प्रशासनले जारी गरेकाे सूचनामा उल्लेख गरिएकाे छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*