आईपीएल अन्तरगत कोलकत्ताको दोस्रो जीत

निरन्तर न्यूज
१४ बैशाख २०७८, मंगलवार ०८:१६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गए राती सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सले पंजाब किंग्सलाई ५ विकेटले पराजित गरेको छ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पंजाबले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२३ रनको सामान्य योगफल तयार पारेको थियो । पंजाबलाई सस्तोमा समेट्न कोलकाता लागि प्रसिद्ध कृष्ण ले ३ विकेट लिएका थिए। त्यसै गरी प्याट कमिन्स र सुनिल नरैनले २-२ विकेट हात पारेका थिए ।

१२४ रनको जित लक्ष्य लिएर ब्याटिङमा उत्रिएको कोलकत्ताले १६.४ ओभरमा ५ विकेट गुमाउँदै विजयी लक्ष्य पूरा गरेको थियो। कोलकत्ता लागि कप्तान इयोन मोर्गनले ४० बलमा अविजित ४७ रनको पारी खेल्दै म्यान अफ दि म्याच घोषित भएका थिए।

अंक तालिकाको पुच्छरमा रहेको कोलकत्ता हिजोको जीत पछि ५ औं स्थानमा उक्लिएको छ । कोलकत्ताले ६ खेल खेल्दै ४ मा हार र २ मा जीत निकाल्न सफल भएको छ । उता पंजाब भने छैठौँ स्थानमा झरेको छ।

आज साँझ भने रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापीटल्स अहमदाबादमा साँझ ७ः४५ मा प्रतिस्पर्धा गर्दै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*