मकवानपुरका बित्तिय संस्थाहरु हप्तामा तीन दिन मात्र खुल्ने

निरन्तर न्यूज
१४ बैशाख २०७८, मंगलवार २०:५५

हेटौंडा । कोरोनाको संक्रमण बढ्दै गएपछि मकवानपुरमा रहेका बैक तथा बित्तिय संस्थाहरु हप्तामा तीन दिन मात्र खुल्ने भएका छन् । आलो पालो गरेर हप्तामा तीन दिन मात्र खोल्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकराी दिनुभयो । बैकहरु आलोपालो गरेर मात्र खुल्ने छन् ।

बिहान ११ बजे देखि दिउसो २ बजे सम्म मात्र बैक तथा बित्तिय संस्थाहरु खुल्नेछन् । यसैगरी सम्पुर्ण शैलुन,ब्यटिपार्लर र मदिरा व्यवसाय बैशाख १५ बाट अर्को सुचना नआएसम्मको लागि बन्द गरिएको छ । कोरोना संक्रमणको जोखिम बढेसंगै जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुर उद्योग वाणिज्य संघले सहजीकरण गर्नेगरि शैलुन,ब्यटिपार्लर र मदिरा व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

साथै धेरै भिड हुने राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखा र यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाको आन्तरिक कार्य बाहेकका अन्य सबे सेवा बैशाख १५ बाट अर्को सुचना नआएसम्मको लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यलय मकवानपुरले सुचना निकालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*