लगातार पाँचौं जीतसहित आइपिएलकाे शीर्षस्थानमा चेन्नई

निरन्तर न्यूज
१६ बैशाख २०७८, बिहीबार ०७:५३

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङ्सले सहज जीत हासिल गरेको छ । चेन्नईले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको हो ।

हैदराबादले दिएको १७२ रनको लक्ष्य चेन्नईले पूरा ओभर खेल्दै ३ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि ओपनर रुतुराज गाइक्वाडले ७५ रन बनाए भने फाफ डुप्लेसीले ५६ रन बनाए । हैदराबादका लागि तीनै विकेट राशिद खानले लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७१ रनको योगफल तयार गरेको थियो । उसका लागि मनिष पान्डेले ६१ तथा कप्तान डेभिड वार्नरले ५७ रन बनाए । केन विलियमसन २६ रनमा अविजित रहे । चेन्नईका लुङ्गी एङ्गिडीले २ विकेट लिँदा साम करानले १ विकेट लिए ।

जीतसँगै ६ खेलबाट १० अंक जोडेको चेन्नई अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ भने पराजित हैदराबाद २ अंकसहित पुछारमा रहेको छ । हैदराबादले ६ खेलमा एक जीत मात्र निकालेको छ ।

प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेलमा अपरान्ह सवा चार बजेदेखि मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्नेछन् भने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*