आज मकवानपुरका ६१ जना काेराेना संक्रमण (कहाँ कति-कति विवरणसहित )

निरन्तर न्यूज
१७ बैशाख २०७८, शुक्रबार १६:५६

हेटौंडा । मकवानपुरमा शुक्रबार ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आयुर्बेद तथा जनस्वास्थ्य प्रवर्दन शाखा हेटौंडाका अनुसार हेटौंडा अस्पताल र बनस्खंडी शहरी स्वास्थ्य केन्द्र हेटौंडा २ मा रहेको प्रयोगशालामा ९२ जनाको परीक्षण गरिएकोमा आज थप ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

विहीबार र शुक्रबार गरिएको ८५ जनाको पीसीआर परीक्षणबाट ५७ जना र ७ जनाको एन्टीजेन परीक्षणबाट ४ जनाका कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरापालिकाका जनस्वास्थ्य निरीक्ष भोला चौलागाईले जानकारी दिए । उनका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेहरुमा २८ जना महिला र ३३ जना पुरुष रहेका छन् ।

विवरण :

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*