हेटौंडा-९ पशुपतिनगरमा कारकाे ठक्करबाट माेटरसाइकल चालकको मृत्यु

निरन्तर न्यूज
१८ बैशाख २०७८, शनिबार १४:४६

हेटौंडा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ पशुपतिनगरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

रातोमाटेबाट हेटौंडा बजार तर्फ आउदै गरेको ना ३८ प ९३६१ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आएको बा ८ च २९५३ नम्बरको कारले ठक्करले दिदा मोटरसाइकलका चालक गम्भीर घाइते भएकोमा चालकको उपचारको क्रममा हेटौंडा-११ मा रहेको चुरेहिल अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बारा जिल्ला महागढिमाई नगरपालिका वडा नम्बर ४ का सन्जय कुमार शुक्ला रहेको जनाइएको छ।त्यसैगरी मोटरसाइकलको पछाडी सवार नवलपरासीको कावासोती नगरपालिका बस्ने ३३ बर्षीय ज्योति अर्याल सामान्य घाइते भएको उनको पनि चुरोहिल अस्पताल मै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार प्रहरी नियन्त्रणमा रहेको र कार चालक फरार रहेको र खोजतलास सुरु गरिएको प्रहरीको भनाई छ । प्रष्टखबरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*