कोभिड अनुगमन समितिद्वारा पत्रकार महासंघ मकवानपुरलाई आर्थिक सहयोग

निरन्तर न्यूज
१९ बैशाख २०७८, आईतवार १८:०८

हेटौडा । नेपाली कांग्रेस मकवानपुर निकट कोभिड १९ अनुगमन समितिले दोश्रो लहरको कोरोनाको संक्रमणको जोखिमलाई न्युनिकरण गर्न फ्रण्ट लाईनमा खटिने पत्रकारकाे लागि स्वास्थ्य सामाग्री तथा आर्थिक सहयोग गरेको छ ।

समितिका मकवानपुर संयोजक उत्सव ईटेनीले पत्रकार महासंघ मकवानपुर शाखालाई २ सय ५० सर्जिकल माक्स, २७ पिस हेण्ड सेनिटाईजर, ५१ पिस एन ९५ माक्सका साथै नगद ३० हजार रुपैयाँ सहयोग गरेकाे छ ।

फ्रण्ट लाईनमा खटिने पत्रकारहरुको स्वास्थ्य सुरक्षाको क्षेत्रमा खर्च गर्नेगरी पत्रकार महासंघका अध्यक्ष मणिराज गौतमलाई उक्त रकम  हस्तान्तरण गरेकाे हाे । हस्तारन्तरण कार्यक्रममा गाैतमसँगै महासंघ मकवानपुरकी उपाध्यक्ष सरला अधिकारी, जिल्ला सदस्य प्रदिप अधिकारीकाे उपस्थिति रहेको थियो ।

पत्रकारसँगै जनपथ प्रहरी र ट्राफिक प्रहरीलाई समेत  समितिले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

समितिले वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरिक्षक कृष्ण प्रसाद विष्टलाई २ सय पिस सर्जिकल माक्स, ५१ वटा हेण्ड सेनिटाईजर, ५१ पिस एन ९५ माक्स वितरण गरेकाे छ । त्यसैगरी  जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक प्रकाश पाण्डेलाई ४० वटा हेण्ड सेनिटाईजर, सर्जिकल माक्स १ सय पिस तथा ४० थान एन ९५ माक्स वितरण गरेकाे छ ।

समितिका मकवानपुर संयोजक ईटेनीले मकवानपुरका १० वटै स्थानीय तहमा कोरोनाको दोश्रो लहरले पारेको प्रभाव र अवस्था बारे अनुगमन गर्ने र अवस्था हेरी अत्यावश्यक खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम समितिको रहेको बताउनुभयो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा समितिका सचिव गौतम, कोषाध्यक्ष जानुका गिरी, सदस्यहरु रामकृष्ण कोइराला, सञ्जय श्रेष्ठ, सुनिल गिरी, सुजन विडारी, सुधिर दाहाल, डोल्मा स्याङ्वो, मदन जोशी, पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष सरला अधिकारी, जिल्ला सदस्य प्रदिप अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*