लुम्बिनीमा ४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा केसीको दाबी, पाेखरेललाई सपथ नगराउन आग्रह (हस्ताक्षरसहित)

निरन्तर न्यूज
१९ बैशाख २०७८, आईतवार १९:०२

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै  ४२ सांसदकाे हस्ताक्षरसहित दावी पेश गरिएको छ।

प्रदेश प्रमुख समक्ष नयाँ सरकारको दावी पेश गर्दै पुन : मुख्यमन्त्री नियुक्त गरिएका शंकर पोखरेललाई मुख्यमन्त्रीका रुपमा शपथ नगराउनसमेत उनीहरुले भनेक छन् । पोखरेलले वहुमत गुमाइसकेको तर्क गर्दै पाेखरेललाई शपथ नगराउन भनिएको छ।

आज विहान राजीनामा दिएका पोखरेललाई मध्यान्ह प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा पुन: नियुक्ति गरेका थिए।

यस अघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेश प्रमुखलाई भेटेर पोखरेलले वहुमत गुमाएको जानकारी दिएकाे बाबजुद पनि उनलाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*