पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यमा सुधार, केही दिन अस्पताल मै रहने

निरन्तर न्यूज
२० बैशाख २०७८, सोमबार १२:५३

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई चिकित्सकको सल्लाहअनुसार केही दिन वीर अस्पतालमै रहने भएका छन् ।

उनकाे गत शुक्रबार पेटको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि अहिले डा.भट्टाराईको स्वास्थ्यमा राम्रो सुधार भएको चिकित्सकहरूले बताएका छन् ।

उनी केही दिन चिकित्सकहरूको निगरानीमा अस्पतालमै रहने उनको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*