निषेधाज्ञामा गुनासाे उजुरी भए मकवानपुर प्रशासनलाई जानकारी गराउन आग्रह

निरन्तर न्यूज
२१ बैशाख २०७८, मंगलवार ०९:२०

हेटौंडा । मकवानपुर जिल्लाकाे सन्दर्भमा निषेधाज्ञा लागू गरिएको समयमा कुनै समस्या परेमा जिल्ला प्रशासन कार्यलय मकवानपुरमा सम्पर्क गर्न अनुराेध गरिएकाे छ ।

निषेधाज्ञाकाे पहिलो दिन सहायक प्रमुख जिल्ला अधिकारीद्वार एक सूचना जारी गर्दै र्वसाधरणलाई निषेधाज्ञाको समयमा परेका अप्ठयाराका विषयमा जिल्ला प्रशासन कार्यलयको इमेलमा वा सहायक प्रमुख जिल्ला अधिकारीलाई माेबाइलमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

साथै निषेधाज्ञाको मौका पारेर बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मूल्यबृद्धि लगायतका काम हुनसक्ने भएकाले त्यस्ता कुराहरुको बारेमा जिल्ला प्रशासन कार्यलयमा तुरुन्त जानकारी गराउँन अनुरोध गरेको छ ।

गुनासाहरु उजुरी गर्न सकिने माध्यमहरु

इमेल daomakawanpur@moha.gov.np, daomakawanpur@gmail.com

जिल्ला प्रशासन कार्यालय मकवानपुरकाे फेसबुक पेज

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा  – ९८४९३५६८५८

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*