हेटाैँडाकाे राप्ती खाेलामा प्रहरीकाे शव भेटियाे

निरन्तर न्यूज
२५ बैशाख २०७८, शनिबार ११:४५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर १० स्थित राप्ति खोलामा एक प्रहरीको शव भेटिएको छ ।

उच्च अदालत पाटन हेटौंडा इजलास सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक केशवबहादुर खत्रीको शव राप्ति खोलामा भेटिएको हो ।

स्थानीयले विहान शव देखेर प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिए ।

गोरक्षश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रष्टखबरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*