थाहा नगरपालिकाको गाडी कोरोना न्यूनिकरणमा प्रयोग गर्ने : प्रमुख प्रशासकिय अधिकृत पुरी

निरन्तर न्यूज
२६ बैशाख २०७८, आईतवार ०६:३०

थाहा। मकवानपुरकाे उत्तरी क्षेत्रमा रहेकाे थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले आफुले प्रयोग गर्दै आएको सरकारी सुविधाकाे गाडी अहिलेकाे समयमा  कोरोना न्यूनिकरणमा प्रयोग गर्ने घोषणा गरेका छन् ।

अधिकृत हरिलाल पुरीले सामाजिक संजाल फेसबुकमार्फत कोरोना र दैविक प्रकोपमा प्रयोग गर्ने जानकारी दिएका हुन् ।

उनले लेखेका छन्  ‘मैले प्रयोग गरिरहेको थाहा नगरपालिका को गाडी नम्बर बा २ झ १२५९ नम्बरको गाडी कोरोना र दैबिप्रकोपमा प्रयोग गर्नेगरी हस्तान्तरण गरेको छु। कोरोना अबधी भरी मैले चढिरहेकाे गाडि नचड्ने घाेषणा गर्दछु।’

देशभर विभिन्न स्थानमा एम्बुलेन्स तथा अन्य सवारी नभएर समयमै ज्यान गुमाएर समाचारहरु सन्चारमाध्यममा आएका थिए । अब याे समयमा थाहानगरवासीलाई पुरीकाे घाेषणाले कत्तिकाे राहत मिल्ला त्याे समय कुर्न बाँकट्ठ नै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*