बहुमतको सरकार गठनका लागि आव्हान गर्न राष्ट्रपतिलाई तीन दलकाे अपील

निरन्तर न्यूज
२७ बैशाख २०७८, सोमबार २०:०७

काठमाडौं । केपी ओलीले प्रतिनिधि सभामा विश्वासकाे मत लिन नसके लगत्तै तीन विपक्षी दलले बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवकाे संयुक्त हस्ताक्षरसहित राष्ट्रपति भण्डारीलाई बहुमतकाे सरकार गठनकाे लागि आव्हान गर्न अपील गरेका हुन् ।

संयुक्त रुपमा जारी गरिएकाे बिज्ञप्तीमा संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेकाे उल्लेख छ ।

यस्ताे छ संयुक्त बिज्ञप्ती

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*